काठमाडौं : अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपीओमा १ अर्ब ५१ करोड ३२ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (साउन २२ गते) साँझ ५ः.०६ बजेसम्म १३ लाख ४३ हजार २६ जनाले १ करोड ५१ लाख ३२ हजार २१० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.७४ गुणा बढी आवेदन हो । यसमा आवदेन दिने आज अन्तिम दिन हो ।






