सिटिजन लाइफको वैदेशिक रोजगारमा रहेका नेपालीलाई जारी आईपीओ बाँडफाँड


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिटिजन लाइफको वैदेशिक रोजगारमा रहेका नेपालीलाई जारी आईपीओ बाँडफाँड

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको (साधारण सेयर) आईपीओ आज (सोमबार) बाँडफाँड गरिएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको हो । धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा बाँडफाँड गरिएको हो। 

सिटिजन लाइफले जारी पुँजी ३ अर्ब ७५ करोडमध्ये ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबरको १ करोड १२ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने ११ लाख २५ हजार कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा प्रिमियमबापत १४४ रुपैयाँ थप गरी जम्मा प्रतिसेयर २४४ रुपैयाँका दरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको थियो। 

Read More
  • MBL - below news