सेयर बजारमा अब प्यानिक सेल सकिन लागेको हो त ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा अब प्यानिक सेल सकिन लागेको हो त ?

सेयर बजार सोमबार झिनो अंकले घटेको छ । यस दिन नेप्से सूचक ३.२१ विन्दुले घटेर २०४८.२६ अंकमा अडिएको छ । यस दिन २ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीतिपछि बजार लगातारजसो घटिरहेको छ । आइतबार अधिकांश बैंक तथा विकास बैंकहरुको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएपछि नेप्से सूचक थप फराकिलो अंकले घट्यो । 

सोमबार पनि यहीक्रमले निरन्तता पाएको हो । यद्यपि, अघिल्लो दिनको तुलनामा सोमबार घट्ने दर भने साँघुरो भएको छ । प्यानिक सेल सकिंदै जाँदा बजार पनि विस्तारै सम्हालिने गर्छ । बजार लगातार र छोटो अवधिमै धेरै घटिसकेकाले अब प्यानिक सेल सकिंदै गएको अनुमान गरिएको छ । 

Read More
  • EBL Ad news