नेपाल रिपब्लिक मिडियाको सेयरमा चलखेल भएको छ। आज आईतबारबाट एनआरएम (NRM) सिम्बोलमा कारोबारमा आएको यस कम्पनीको संस्थापक समूहको ५३ लाख २२ हजार कित्ता र सर्वसाधारण समूहको ४३ लाख कित्ता सेयर गत बिहिबार नेप्सेमा सुचिकृत भएको थियो। नेप्सेले रिपब्लिकको ओपनिङ्ग रेञ्ज न्युनतम ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसासम्म तोकेको थियो।






