सागर डिष्टिलरी लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा सागर डिष्टिलरीका तर्फबाट अध्यक्ष संदिप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।







