एप्पलको मूल्याङ्कन अब ३ ट्रिलियन डलरमा झर्याे, कम्पनीको शेयर करिब ५ प्रतिशतले गिरावट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एप्पलको मूल्याङ्कन अब ३ ट्रिलियन डलरमा झर्याे, कम्पनीको शेयर करिब ५ प्रतिशतले गिरावट

टेक कम्पनी एप्पलको बजार मूल्य अब ३ ट्रिलियन डलरमा झरेको छ। शुक्रबार कम्पनीको शेयर करिब ५ प्रतिशतले घटेको थियो । जसका कारण कम्पनीको बजार पूँजीकरण १६० बिलियन डलरको गिरावट देखिएकाे थियाे।

कम्पनीको कुल बजार मूल्य २.८५  ट्रिलियन डलरमा घट्याे

यो गिरावटपछि कम्पनीको कुल बजार मूल्य अहिले २.८५ ट्रिलियन डलरमा झरेको छ । यो २०२२ सेप्टेम्बर यताकै कम्पनीमा देखिएकाे सबैभन्दा एक दिनको ठूलो गिरावट हो। २०२३ जूनमा एप्पल २४८ लाख करोड रुपैयाँ अर्थात ३ ट्रिलियन डलरको कम्पनी बनेकाे थियाे ।

एप्पलका दुई प्रमुख उत्पादन, आइफोनको बिक्रीमा २ प्रतिशत र म्याकबुकमा ७ प्रतिशतले गिरावट आएका कारण कम्पनीको शेयरमा यो गिरावट आएको हो । एप्पलले आफ्नो रिपोर्टमा कम्पनीको कार्यसम्पादन लगातार तेस्रो महिनामा घटेको छ । आगामी त्रैमासमा पनि यस्तो गिरावट देख्न सकिने रिपोर्टमा उल्लेख गरिएको छ ।

एप्पलको शेयर यस वर्ष ४५% बढ्यो

गिरावट भएतापनि यस वर्ष एप्पलको शेयर ४५ प्रतिशतले बढेको छ । यद्यपी, शुक्रबारको गिरावटको अर्थ जनवरी पछि शेयर पहिलो पटक यसको ५० दिनको मुभिंग औसत भन्दा तल बन्द भएकाे थियाे। यसले निकट अवधिको गतिमा कमजोरी देखाउँछ।

Read More
  • EBL Ad news