काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले भदौ ७ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको कार्यालय खिचापाखरी, काठमडौंमा विहान ११ बजे आयोजना हुनेछ । सभाले आईपीओ निष्कासनको प्रस्तावसँगै गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत पारित गर्नेछ ।






