आईएमई लाइफको शेयर डिम्याटमा आउँदा १ हजार मात्रै देखायो, किन ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आईएमई लाइफको शेयर डिम्याटमा आउँदा १ हजार मात्रै देखायो, किन ?

आइएमई लाइफ इन्स्योरेन्सले हालै सार्वजनिक निष्काशन गरेको शेयर बुधबार लगानीकर्ताको खातामा आयो । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६.९१ रुपैयाँमा सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

शेयर निष्काशन गर्दा प्रिमियम थपेर थपेर निष्काशन गरेको भए पनि खातामा भने प्रति कित्ता १ सय रुपैयाको दरले १ हजार रुपैयाँ मात्र आएपछि भने सर्वसाधारण लगानीकर्ता आत्तिएका छन् । सामाजिक सञ्जालभरि आइएमई लाइफको शेयरमा कम्पनीले १३६० रुपैयाँ खाएको आरोप लगाइएको छ भने कसैले २३६० रुपैयाँ खर्च गर्दा पनि १ हजार मात्रै देखाएको किन होला भन्दै प्रश्न उठाएका छन् । लगानीकर्ताहरुमा के भ्रम छ भने प्रिमियममा आइपीओ भर्दा १० कित्ता पार्न २३६९ रुपैयाँ खर्च भएको हुँदा डिम्याट खातामा त्यति नै रुपैयाँ देखाउनु पर्नेमा किन १ हजार रुपैयाँ मात्रै देखायो भन्ने नै धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताको जिज्ञाशा रहेको छ । ‘आइएमई लाइफ इन्स्योरेन्सको अरु पैसा खै त १ हजार रुपैयाँ मात्रै छ त ! !’–धेरै लगानीकर्ताले यस्तै सन्देश सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

नेपालमा कोभिड लकडाउनको समयमा धेरै नयाँ लगानीकर्ता पुँजी बजारसँग जोडिएका छन् । कोभिड अगाडि ५–६ लाखले भर्ने आइपीओ कोभिड संक्रमणको समयमा खुलेका आइपीओहरुमा भर्ने संख्या बढ्दै गएर २३–२४ लाखसम्म पुगेको थियो । नेप्से ३२ सयबाट झर्न थालेपछि भने विस्तारै आइपीओ भर्नेको संख्या पनि विस्तारै घट्दै जान थालेको छ । पछिल्लो समयको आइपीओमा १०–११ लाखको हाराहारी मात्रै आवेदन पर्ने गरेको छ । कोभिडको समय पुँजी बजारमा आबद्ध भएका लगानीकर्ताहरुले प्रिमियममा निष्काशन गरेको आइपीओ नभरेको हुँदा धेरै लगानीकर्ता डिम्याट खातामा शेयर आउँदा झुक्किएका हुन । वास्तवमा आइपीओमा परेको शेयर पहिलोपटक सूचीकृत हुँदा अंकित मूल्यको आधारमा डिम्याट खातामा देखाउने गरिन्छ । जतिसुकै प्रिमियम तिरेर आइपीओ भरेको भए पनि प्रति कित्ता अंकित मूल्य १ सय गुणा १० कै आधारमा डिम्याटमा देखिने हो । वास्तवमा आईएमई लाइफ इन्स्योरेन्सको शेयर डिम्याट आउँदा भएको त्यही हो । सेकेन्डरी मार्केटमा किन्दा भने जुन मूल्यमा शेयर किनेको हो, त्यही आधारमा डिम्याटमा देखिन्छ ।

Read More
  • MBL - below news