कामना सेवा विकास बैंकद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंकले मिति २०८० साल श्रावण १७ गते बुधबारको दिन ललितपुर स्थित एकेडेमिया इन्टर्नेसनल कलेजमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ । 

उक्त कार्यक्रममा ३० भन्दा बढि सहभागी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कतता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत श्री हरि प्रसाद लम्साल, ग्वार्को शाखाका शाखा प्रमुख श्री प्राथना राणा कार्की निक्षेप विभागबाट सुमन दुवाडी, लगायत अन्य कर्माचारी र कलेजका तर्फबाट क्याम्पसका व्यवस्थापन संकाय प्रमुख श्री प्रकृती बोताजु र अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

  • MBL - below news