अधिकांश कम्पनीको मूल्य घटे पनि सेयर बजार बढ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अधिकांश कम्पनीको मूल्य घटे पनि सेयर बजार बढ्यो

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार अधिकांश कम्पनीको मूल्य घटे पनि बजारको परिसूचक नेप्से भने बढेको छ । कुल ७६ कम्पनीको मात्रै मूल्य बढ्दा १३० कम्पनीको घट्यो भने १२ को स्थिर रहृयो । परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ३ अंक बढेर २०८९ अंकमा कायम भएको छ ।

औसत रुपमा मूल्य घट्ने कम्पनीहरुको भन्दा बढ्ने कम्पनीको मजबुत पुँजीकरणका कारण अधिकांश कम्पनीको मूल्य घट्दा पनि समग्र परिसूचक नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो । कुल १ अर्ब ७८ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।

Read More
  • EBL Ad news