नेपाल स्टक एक्सचेन्जले तयार पारेको 'नेप्से ३० इन्डेक्स' तत्काल ल्याउने कि नल्याउने भन्ने विषयमा अन्योल छ।
गत आइबतार नेपाल स्टक एक्सचेन्जले ल्याउन लागेको 'नेप्से ३० इन्डेक्स' बारे धितोपत्र बोर्डमा समेत छलफल भएको थियो। धितोपत्र बोर्ड नेप्से ३० इन्डेक्सको विषयमा सकारात्मक भएपनि अन्य परिसूचकहरू समेत तयार पारेर एकै पटक सञ्चालनमा ल्याउने गरी काम गर्न नेप्सेलाई सुझाएको हो।
'धितोपत्र बोर्ड यसमा सकारात्मक नै छ,' नेप्सेका एक अधिकारीले भने, 'तर अन्य थप केही परिसूचक पनि एकै पटक सार्वजनिक गर्दा एउटै खर्चमा हुने भएकोले त्यस्तो सुझाव दिइएको हो।'






