नेपाल बीमा प्राधिकरणले दुई वटा कम्पनी बाहेक अन्य कम्पनीको हकमा हकप्रद मार्फत पुँजी वृद्धिको अनुमति दिने तयारी गरेको छ । प्राधिकरणले मर्जर प्रक्रिया गएर पनि पुँजी नपुगेका कम्पनीलाई हकप्रद मार्फत पुँजी जुटाउने बाटो खोलिदिने भएको हो ।
प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले मर्जर प्रक्रियामा गएर पनि पुँजी नपुगेका कम्पनीहरुले माग गरेको खण्डमा आवश्यकता अनुसार हकप्रद निष्काशन गर्न अनुमति दिने बताए । मर्जरपछि कायम चुक्ता पुँजीको अवस्था हेरेर कति प्रतिशत हकप्रद निष्काशन गर्दा तोकिएको पुँजी पुग्छ सोहि अनुसार हकप्रदको अनुमति दिने तयारीमा प्राधिकरण रहेको उनले बताए । मर्जरपछि कायम पुँजी, र कम्पनीले दिन सक्ने लाभांश हेरेर अपुग पुँजीको लागि कम्पनीले माग गरेको खण्डमा हकप्रद निष्काशनको अनुमति प्रदान गर्ने उनले जानकारी दिए । यो सुविधा मर्जरमा गएका कम्पनीले मात्र पाउने छन् ।





