नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको आइपीओ सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज (बिहिबार) नेप्सेमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ सेयर सूचीकृत भएको हो ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अंकित मूल्य १०० रुपैयाँका दरले ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १७६.५३ देखि ५२९.५९ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । सोही आधारमा आइतबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।








