काठमाडौँ — गत आर्थिक वर्षमा मात्र करिब पौने २ करोड कित्ता बराबर प्राथमिक सेयर निष्कासन (आईपीओ) अस्वीकृत भएको छ । अस्वीकृत भएका मध्ये अधिकांश फर्जी (खातामा पैसा नभएको) आवेदन रहेका स्रोतले बताएको छ ।
गत आवमा आईपीओ निष्कासन गरेका २८ कम्पनीमा १ करोड ६८ लाख १५ हजार ७ सय कित्ता सेयर अस्वीकृत भएको धितोपत्र बोर्डको तथ्यांक छ । एकै व्यक्तिले एकभन्दा धेरै आवेदन हाल्ने, स्थानीय तह र वैदेशिक रोजगारीमा गएका समूहलाई छुट्याइएको सेयर खरिद गरेकाले पनि साधारण समूहमा पुनः आवेदन दिनेलगायत कारणले अस्वीकृत भएका छन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा उल्लिखित समूहमा सेयर खरिद गरिसकेकाले सर्वसाधारण समूहमा आवेदन गर्न नपाइने व्यवस्था छ ।





