सोनापुर मिनरल्‍स एण्ड आयलले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बोर्डले दियो स्वीकृति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सोनापुर मिनरल्‍स एण्ड आयलले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बोर्डले दियो स्वीकृति

१७ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको छ । १७ साउनमा नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।

कम्पनीको जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ छ । जसको ४० प्रतिशतले हुने १ करोड २३ लाख २०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।

Read More
  • EBL Ad news