सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद निष्काशन गर्ने मिति तय गरेको छ। यस हाइड्रोपावरले साउन २५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने लागेको हो।
हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ।कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने तय गरको हो।





