आईपीओ निष्काशन गर्ने कम्पनीहरुले आईपीओबाट संकलन गरिएको रकम दुरुपयोग गर्ने गरेको आशंका धितोपत्र बोर्डले गरेको छ । एउटा प्रयोजनको लागि भनेर आईपीओ मार्फत रकम संकलन गर्ने तर संकलित रकम अर्कै प्रयोजनको लागि प्रयोग हुने गरेको आशंका बोर्डले गरेको हो।
सोहि कारण बोर्डले अब धितोपत्र निष्काशनका वखत निष्काशनकर्ता कम्पनीले सार्वजनिक गरेको निष्काशित धितोपत्रबाट संकलित रकम विवरणपत्रमा उल्लेख भए बमोजिम सदुपयोग गरे/नगरेको सम्बन्धमा सुपरिवेक्षण गरी प्रतिवेदन तयार गर्ने भएको छ । बोर्डले नीति कार्यक्रममा पनि यसबारे उल्लेख गरेको छ।





