५ काराेबार दिनपछि सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ८५ करोडमा सीमित


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
५ काराेबार दिनपछि सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ८५ करोडमा सीमित

सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

गत पाँच कारोबार दिनमा १२६.८१ अंकले घटेकाे सेयर बजार यस दिन ५.८४ अंकले बढेको छ। गत सोमबारदेखि नेप्से लगातार घटिरहेकाे थियाे।

आज नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेर २१०६.१८ बिन्दुमा बन्द भएको छ।

सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँमा सीमित भएको छ।

Read More
  • EBL Ad news