अड्किएको एक अर्ब लगानीको रकम सेयर बजारमा फिर्ता हुने भएको छ । गत चैत्र महिनादेखि बजारमा फ्रिज भएर बसेको एक अर्ब लगानीयोग्य रकम यही साउन महिनामै फिर्ता हुन लागेको हो ।
गत चैत्रमा ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवर्द्धक रहि ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको तथा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “ग्लोबल आइएमई समुन्नत योजना – १” को झन्डै १० करोड इकाई परिपक्व भएको थियो । इकाई परिपक्व भएपनि लगानीकर्ताले यसको भुक्तानी पाएका छैनन् । जसले गर्दा लगानीकर्ताको झण्डै एक अर्ब लगानी योग्य रकम फसेको थियो ।






