बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्नु व्यवस्था अनिवार्य गर्दै धितोपत्र बोर्ड


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्नु व्यवस्था अनिवार्य गर्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्न निर्देशन जारी गर्ने भएको छ। बोर्डले आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम सर्वजनिक गर्दै बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्न आवश्यक निर्देशन जारी गरिने उल्लेख गरेको हो ।

यसो हुँदा बोनस पाउनको लागि लगानीकर्ता स्वयंले नै बोनसमा लाग्ने कर तिर्ने झन्झट बेहोर्नु पर्ने छैन  । त्यस्तै बोर्डले धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरूमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने घोषणा गर्ने घोषणा गरेको छ।

Read More
  • EBL Ad news