शेयर कारोबारको लागि टिएमएस लिनेको संख्या १८ लाख नजिक, दैनिक ६० हजारले गर्छन सिस्टममा लगइन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर कारोबारको लागि टिएमएस लिनेको संख्या १८ लाख नजिक, दैनिक ६० हजारले गर्छन सिस्टममा लगइन

दोस्रो बजारमा शेयर कारोबारको लागि ट्रेड म्यानेजमेन्ट सिस्टम  (टिएमएस)को आईडी पासवर्ड लिने लगानीकर्ताको संख्या १८ लाख नजिक पुगेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार २०८० असार मसान्तसम्म टिएमएसको आईडी पासवर्ड  लिनेको संख्या १७ लाख ८४ हजार पुगेको हो ।

शेयरबजारमा अनलाइन प्रणालीको विकास भएपछि लगानीकर्ताले विभिन्न ब्रोकर कम्पनी मार्फत टिएमएस आइडी लिएर आफु रहेको स्थानबाट नै शेयर खरिद बिक्री गर्नको लागि अर्डर राख्ने गरेका छन्। कोभिडको समयमा ब्रोकरको डिस्प्लेरुम बन्द भएपछि टिएमएस लिनेको संख्या ह्वातै बढेको थियो ।

Read More
  • EBL Ad news