काठमाडौँ — बिहीबार नेप्से परिसूचकसहित सेयर बजारका सबै सूचक ओर्लिएका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २९.७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१२६ अंकमा कायम भएको छ । कारोबार रकम २ अर्ब ४२ करोडमा सीमित भएको छ ।
बैंकिङ १३, विकास बैंक ४७, फाइनान्स ४२, होटल तथा पर्यटन ११९, जलविद्युत् २६, जीवन बीमा २२२, उत्पादन ११३, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा १३८, अन्य ३४ र ब्यापार उपसमूह ७८ अंक घटे ।





