काठमाडौँ । सेयर लगानीकर्ताहरुले राष्ट्र बैंकसँग चित्त दुखाएका छन् । खास गरी आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएको लगानीकर्ताहरुको चित्त दुखाई आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा समेत मत्थर हुन नसकेको हो ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत् पहिलो पटक सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) मा थ्रेस होल्ड कायम गर्दै ४–१२ को नीति अघि सारेको थियो ।
अर्थात् सेयर धितो कर्जालाई कडाई गर्दै केन्द्रीय बैंकले एक व्यक्ति वा संस्थाले एउटा बैंक वा वित्त कम्पनीबाट सेयर धितो राखी ४ करोड रुपैयाँसम्म र सबै बैंक तथा वित्तीय संस्था गरी अधिकतम १२ करोड रुपैयाँसम्म ऋण झिक्न पाउने व्यवस्था गरिदिएको थियो ।






