सानिमा बैंकले ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ।
यो सुविधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टी (जमानत) को आवेदन दिन सक्नेछन्।
त्यसपछी बैंक ग्यारेन्टी प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेलमार्फत प्राप्त गर्नेछन्।








