सामाजिक सञ्जालमार्फत सेयर खरिदबिक्रीको सिफारिस दिनेलाई कडाई गर्दै सेबी, ठगी र भ्रामक गतिविधिका रुपमा कारवाही हुने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सामाजिक सञ्जालमार्फत सेयर खरिदबिक्रीको सिफारिस दिनेलाई कडाई गर्दै सेबी, ठगी र भ्रामक गतिविधिका रुपमा कारवाही हुने

काठमाडौं : भारतको सेयर बजार नियामक ‘सेक्युरिटीज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले सामाजिक सञ्जालहरु मार्फत सेयर खरिदबिक्रीका लागि सुझाव दिनेहरु माथि कडाई गर्ने भएको छ । ‘फिनफ्लूएन्सर्स’ (फाइनान्सियल इन्फ्लूएन्सर) भनेर चिनिने यस्ता व्यक्तिहरुका सम्बन्धमा परामर्शपत्र तयार भइरहेको सेबी अध्यक्ष माधवी पुरी बुचले बताएकी छिन् ।

सार्वजनिक सामाजिक सञ्जाल प्लेटफर्महरू भएका यस्ता व्यक्तिहरुले लगानी सल्लाह दिनुका साथै पैसा र स्टकमा लगानीको बारेमा आफ्ना व्यक्तिगत अनुभवहरु साझा गर्ने गर्दछन् । फिनफ्लूएन्सर्सहरुले दिने भ्रामक र गलत सल्लाहका बढ्दो घटनाहरु बाहिर आउन थालेपछि सेबीले चाँडै नै सामाजिक सञ्जाल च्यानलहरुमा करोडपति सपना बेच्नेहरुलाई प्रतिबन्ध लगाउने उपायहरु ल्याइने जानकारी गराएको छ ।

Read More
  • EBL Ad news