डिम्याट खाताको संख्या ५८ लाख नाघ्यो, ह्वात्तै घट्यो नयाँ डिम्याट खोल्नेको संख्या


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिम्याट खाताको संख्या ५८ लाख नाघ्यो, ह्वात्तै घट्यो नयाँ डिम्याट खोल्नेको संख्या

नेपालमा डिम्याट खाताको संख्या ५८ लाख नाघेको छ । सिडीएस एण्ड क्लियरिङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा डिम्याट खाता संख्या ५८ लाख २४ हजार २ सय ७९ कायम भएको छ  । 

आर्थिक वर्ष २०७९/८० मा नयाँ डिम्याट खाता खोल्ने संख्यामा भने भारी गिरावट आएको छ  । आर्थिक वर्ष २०७८/७९ मा १५ लाख ५७ हजार २ सय ८२ वटा नयाँ डिम्याट खाता खुलेकोमा आर्थिक वर्ष ७९/८० मा ४ लाख ७५ हजार २ सय ९७ वटा मात्रै नयाँ डिम्याट खुलेका छन्  । आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा डिम्याट खाताको संख्या ५३ लाख ४८ हजार ९ सय ८२ थियो ।

Read More
  • EBL Ad news