'T+1' भन्दा अघि बढ्ने भारतीय सेयर बजारको तयारी, सेयर कारोबार गर्नासाथ राफसाफ गर्ने प्रणालीमा काम गर्दै सेबी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
'T+1' भन्दा अघि बढ्ने भारतीय सेयर बजारको तयारी, सेयर कारोबार गर्नासाथ राफसाफ गर्ने प्रणालीमा काम गर्दै सेबी

काठमाडौं : भारतको सेयर बजार नियामक ‘सेक्युरिटीज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले सेयर कारोबार तत्काल राफसाफ गर्न मिल्ने प्रणालीको विकासमा काम गरिरहेको जानकारी गराएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गर्दै सेबी अध्यक्ष माधवी पुरी बुचले सेयर खरिदबिक्री गर्नासाथ सेटलमेन्ट गर्न मिल्ने बनाउन काम भइरहेको बताएकी हुन् ।

भारतमा सेयर खरिदबिक्रीपछि तत्काल लेनदेन हुने विषयलाई वास्तविकता बनाउनको लागि सेबी सबै बजार सरोकारवालाहरु संलग्न रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । भारतले गत जनवरी २७ देखि कारोबार राफसाफ अवधि ‘टी प्लस टु’ बाट घटाएर ‘टी प्लस वान’ लागू गरेको थियो । जसमा सेयर खरिदबिक्री गरेको एक दिनभित्रै राफसाफ सक्नुपर्छ ।

Read More
  • EBL Ad news