काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३६.१९ अंक घटेको छ । सो अंकको कमीपछि परिसूचक २१६४ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम पनि खुम्चिएको छ । हिजो ४ अर्ब ७३ करोडको कारोबार भएकोमा आज २ अर्ब ९१ करोडमा खुम्चियो ।
कुल ३२ कम्पनीको मूल्य बढ्दा १७६ को घट्यो भने ९ को स्थिर रहृयो । यस दिन होटलबाहेकका सबै उपसमूह घटेका छन् । होटल उपसमूह भने ७२ अंक बढ्यो । बैंकिङ ३७, विकास बैंक ८६, फाइनान्स ३६, जलविद्युत् २६, जीवन बीमा १७६, उत्पादन १३, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा १११, अन्य २७ र व्यापार उपसमूह ३ अंक घटे ।





