चार कम्पनीले १३ करोडभन्दा बढी कित्ता हकप्रद शेयर निष्कासन गर्दै, कुन कम्पनीको कति ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चार कम्पनीले १३ करोडभन्दा बढी कित्ता हकप्रद शेयर निष्कासन गर्दै, कुन कम्पनीको कति ?

काठमाडौं । चार कम्पनीले कुल १३ करोड ६६ हजार ९८० कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएका छन् । अपर तामाकोशी हाइड्रोपावर, अरुण काबेली पावर, सिनर्जी पावर डेभलपमेन्ट र मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएका हुन् ।  

यीमध्ये अरुण काबेली, सिनर्जी पावर र मल्टी पर्पस फाइनान्सले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुक क्लोज मितिसमेत तय गरेका छन् ।  

अरुण काबेलीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न असार १३ गते स्वीकृति पाएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि असार २५ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन पाउनेछन् । 

Read More
  • EBL Ad news