गत वर्ष आईपिओमा नयाँ रेकर्ड, २२ अर्बको शेयर निष्काशन अनुमति


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गत वर्ष आईपिओमा नयाँ रेकर्ड, २२ अर्बको शेयर निष्काशन अनुमति

आर्थिक वर्ष २०७९/८० मा नेपाल धितोपत्र  बोर्डले २२ अर्ब भन्दा बढी रकमको आईपिओ निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले २२ अर्ब ८६ लाख १२ हजार ८ सय ९७ रुपैयाँ बराबरको आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

यो कुनै एक आर्थिक वर्षमा अनुमति प्रदान गरिएको मध्ये हालसम्म कै ठूलो रकम हो । यस अघि आर्थिक वर्ष २०७७/७८ मा १५ अर्ब १८ करोडको आईपिओ निष्काशनको लागि बोर्डले अनुमति दिएको थियो । बोर्डमा भिष्मराज ढुंगाना अध्यक्ष हुँदा सो रेकर्ड कायम भएको थियो । ढुंगानाको पालामा बनेको सो रेकर्ड अहिले रमेश हमाल अध्यक्ष हुँदा तोडिएको हो ।

Read More
  • EBL Ad news