टिकेन नेप्सेको उत्साह, आज २६ अंकले घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
टिकेन नेप्सेको उत्साह, आज २६ अंकले घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २६ अंकको गिरावट आएको छ । हिजो आइतबार मौद्रिक नीति आउँदा एकैदिन ६३ अंकले बढेको थियो । तर, आज नेप्सेमा करेक्सन हुँदै २६ अंकले घटेर बन्द भएको हो ।

१.१९ प्रतिशतले घटेसँगै नेप्से परिसूचक २२ सय अंकको बिन्दुमा आएर रोकिएको छ । आज नेप्सेमा ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता सेयर किनबेच भएको छ । यस क्रममा आज ५० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १६३ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको मूल्य भने स्थिर छ ।

Read More
  • EBL Ad news