नयाँ आर्थिक वर्ष सुरू भईसकेको छ । असार मसान्त नजिकिए देखिनै निक्षेप सदस्य (डिपी) हरुले डिम्याट (हितग्राही) खाता र मेरो सेयर नविकरण गर्न धमाधम सूचना प्रकाशन गरिरहेका थिए । हरेक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नविकरण गर्नुपर्ने व्यवस्था हुन्छ । मेरो सेयरको खाता भने आफुले खोलेको मितिले पूरा भएको वर्षको अन्त्यमा नवीकरण गर्नुपर्छ । तर कति लगानीकर्ताहरूले असार मसान्तसम्म नविकरण नगरिसक्ने हुनाले असार मसान्त सकिए पनि यही साउन १५ गतेसम्म नविकरण गर्ने म्याद रहेको छ ।






