व्यवसायलाई अलग बनाउने उपाय


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
व्यवसायलाई अलग बनाउने उपाय

सबैले चाहन्छन्, आफ्नो व्यवसाय सबैभन्दा गुणस्तरीय होस् । बजारमा अलग्गै पहिचान होस् । तर, त्यसमा सबैले सफलता पाइरहेका हुँदैनन् । त्यसमा केही न केही कमजोरी भइरहेको हुन्छ । तर, व्यवसायीलाई थाहा भइरहेको हुँदैन, आखिरमा आफ्नो उद्योग–व्यवसायमा के कमजोरी छ ? हामीले यहाँ केही एजेन्सीको सहयोगमा विज्ञको सल्लाह प्रस्तुत गरेका छौँ, जसले व्यवसायलाई गुणस्तर बनाउनुका साथै अलग्गै पहिचान बनाउन मद्दत पुर्‍याउन सक्छ । 

सपना देख्नु
सबैभन्दा प्राथमिक कुरा हो, उद्यमीको सपना । आफ्नो व्यवसायलाई कस्तो बनाउने, कसरी अगाडि बढाउने र कहाँ पुग्ने भन्ने गन्तव्यबारे सपना देख्न जान्नुपर्छ । सपनासँगै गन्तव्यको टुंगो भएन भने उद्यमी रुमलिन्छ । यसले व्यवसायलाई अगाडि बढाउन सक्दैन । त्यसैल एक सफल उद्यमीको पहिलो सर्त हो, सपना देख्नु । 

सकारात्मक सोच
सकारात्मक सोच त्यस्तो औजार हो, जसले उद्योगी–व्यवसायीलाई जस्तोसुकै परिस्थितिमा पनि सहज ढंगले अगाडि बढ्न मद्दत गर्छ । एक व्यवसायीले चाहे ग्राहकका बारेमा होस् वा परिस्थितिका बारेमा, कहिल्यै नकारात्क सोच्नुहुँदैन । ग्राहकका बारेमा नकारात्मक धारणा बनाउँदा आफ्ना भगवान्सरहका ग्राहक भड्किने सम्भावना हुन्छ । नकारात्क धारणा बनाउँदा सहज मुक्ति पाउन गाह्रो हुन्छ । 

 प्रतिबद्धता
आफू र आफ्नो व्यवसायप्रति सधंै प्रतिबद्ध हुनुपर्छ । गुणस्तरीय व्यवसायको लक्ष्य हासिल त्यतिकै हुँदैन । मालिकदेखि कर्मचारीसम्म प्रतिबद्ध हुनैपर्छ । त्यसअनुसार कार्यान्वयन गर्नैपर्छ । त्यसकारण जुनसुकै परिस्थितिमा पनि प्रतिबद्ध भएर अगाडि बढ्ने वातावरण विकास गर्नुपर्छ । कमजोरीलाई सहजै स्वीकार गर्ने, गल्ती कमजोरी सबैबाट हुन्छ । त्यसैमा रुमलिएर बस्नु एक सफल उद्यमीको पहिचान होइन । कमजोरी गर्न, गल्ती गर्न पनि डराउनुहुँदैन, सुधार गर्न पनि कन्जुस्याइँ गर्नुहुँदैन । त्यसैले काम गर्दा गल्ती हुन्छ, यसलाई सुधार गर्दै पुनः गल्ती हुने वातावरण बनाउनुहुँदैन भनेर सकारात्मक धारणाले अघि बढ्नुपर्छ । 

गुणस्तरीय कर्मचारी भर्ना गर्ने 

Read More
  • MBL - below news