नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा राखेको जोखिम भार पुनरावलोकन गर्ने भएको छ।
आइतबार आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले यस्तो उल्लेख गरेको हो।
सेयर धितो कर्जामा विद्यमान जोखिम भार घटाउने संकेत देखिएको छ।
सेयर धितो कर्जामा जोखिम भार घटाएपछि बैंकहरू सेयर कर्जा प्रवाह गर्न उत्साहित हुनेछन्। जोखिम भार घट्ने भएपछि सेयर धितो कर्जा पनि सस्तो हुनेछ।
यही कारण आइतबार सेयर बजारमा उत्साह थपिएको छ। आइतबार नेप्से परिसूचक ६३.२४ अंकले बढेको छ।






