काठमाडौं : कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आइतबार (साउन ७ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल १० हजार ११५ जनाले सेयर हात पारेका छन् । जसमध्ये १ जनालाई ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आइपीओका लागि कुल १० लाख ४८ हजार ४६८ जनाले आवेदन दिएकामा १ हजार १६३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । बाँकी १० लाख ४७ हजार ३०५ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।






