काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) को स्टक एक्सचेन्ज दुवई फाइनान्सियल मार्केट ८ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ। यहाँको स्टक मार्केट परिसूचक दुवई फाइनान्सियल मार्केट जनरल इन्डेक्सले असार २९ गते ४ हजार बिन्दु पार गरेको थियो। तर मंगलबार फेरि परिसूचकले ४ हजार २२ को विन्दु कायम गर्दै ८ वर्ष यताकै उच्च अंकमा पुगेको हो ।
सन् २०१४ ‘मे’ मा घर जग्गा, तेल र कमोडिटीको मुल्यमा आएको गिरावटका कारण ५३ सय ५० विन्दुबाट घट्न थालेको सेयर बजार परिसूचक दवई फाइनान्सियल मार्केट जनरल इन्डेक्स २०१५ अगस्टसम्म आइपुग्दा ४ हजार विन्दुभन्दा तल झरेको थियो। यस्तै, सन् २०१६ सम्म आउँदा बजार आधाभन्दा बढीले घटेको थियो। यस्तै, परिसूचक सन् २०१९ को अन्त्यसम्ममा आउँदा साइडवेजमा गएको थियो।






