५ साउन, काठमाडौं । विश्वकै मूल्यवान कम्पनीमध्येको एक एप्पलले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा पनि हात हाल्दैछ । एप्पलले ओपन एआई तथा गुगल बार्ड एआईलाई टक्कर दिने उद्देश्यसहित एक नयाँ प्लेटफर्म तयार गरिरहेको छ । उक्त नयाँ एआई च्याटबट प्लाटफर्मको नाम एप्पल जीपीटी हुने आंकलन गरिएको छ ।
ब्लुम्बर्गका अनुसार एप्पल कम्पनीले हाल एप्पल जीपीटी नामक एउटा एआई च्याटबटको परीक्षण गरिरहेको छ । यद्यपि एप्पलले आधिकारिक रुपमा यसको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन । तथापि एप्पल जीपीटी आउने चर्चा चलेसँगै आम इन्टरनेट प्रयोगकर्ता तथा लगानीकर्ताहरुको समेत ध्यान आकर्षित भएको बताइएको छ ।








