साताको अन्तिम दिन नेप्से झिनो अंकले घट्याे, दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साताको अन्तिम दिन नेप्से झिनो अंकले घट्याे, दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन आज नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक १.३१ अंकले घटेर २,१६३.९२ को विन्दुमा कायम भएको छ ।

आज ८८ कम्पनकिो शेयर मुल्य बढेको छ भने १२३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २६४ कम्पनीको ८४ लाख २४ हजार १०८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ८ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Read More
  • EBL Ad news