सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग “दराज महाबचत योजनामा” विशेष छुट दिने सहकार्य गरेको छ ।
यो योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् एक हजार रूपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम रु १ हजार ५ सय रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।








