काठमाडाैं । आज पनि नेप्से उकालो लागेको छ । आज शेयर बजार नेप्से परिसूचक ११.१७ अंकले बढेर २,१६५.२४ को विन्दुमा कायम भएको छ ।
आज ७३ कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ८६ लाखमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।






