काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा आर्थिक वर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालयहरु, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमहरुलाई निम्नलिखितका सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
१. हाकिमचोक शाखाद्वारा गैडाकोट नगरपालिका वडा नं ३ मा अवस्थित भुजेल गाँउका अति विपन्न घरधुरीका लागि निर्मित ३५ वटा शौचालयको रंङ्गरोगन एवं सन्देशमुलक स्वास्थ्य तथा सरसफाई सम्बन्धी सन्देश लेखाइका निमित्त रोटरी क्लब अफ गैडाकोटलाई रु.दुई लाख पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।




