अघि अघि ‘एनआइसी एशिया’ पछि पछि ‘नबिल बैंक’ दौडिए जस्तै होला त शिवम् र घोराही सिमेन्टको शेयर मूल्य पनि ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अघि अघि ‘एनआइसी एशिया’ पछि पछि ‘नबिल बैंक’ दौडिए जस्तै होला त शिवम् र घोराही सिमेन्टको शेयर मूल्य पनि ?

नेप्सेमा सूचीकृत भएपछि घोराही सिमेन्टको शेयर मूल्य कति होला ? भन्ने प्रश्नको उत्तरको खोजी शेयर बजारका लगानीकर्ताले गर्न थालेका छन् । धेरैजसो लगानीकर्ताले घोराही सिमेन्टको मूल्य शिवम् सिमेन्टको हाराहारीमा पुग्ने अनुमान गरेका छन् ।

वाणिज्य बैंकमा एनआइसी एशिया बैंकलाई नबिल बैंकले पच्छाएजस्तै सिमेन्ट ‘इन्डष्टि’ मा पनि शिवम् सिमेन्ट कम्पनीको शेयर मूल्यलाई घोराही सिमेन्टले खेद्दै जाने प्रक्षेपण गर्न थालिएको छ ।

अहिले एनआइसी एशिया बैंकको शेयर मूल्य ८१० रुपैयाँको हाराहारीमा छ । नबिल बैंकको शेयर मूल्य ६१५ रुपैयाँको हाराहारीमा छ । यी दुई कम्पनीको शेयर मूल्य करिव २०० रुपैयाँको फरक छ ।
नबिल बैंकले एनआइसी बैंकको शेयर मूल्यलाई पच्छाउन खोजिरहेको छ । तर, सकिरहेको छैन् ।

नबिल बैंकले एनआइसी एशिया बैंकको शेयर मूल्यलाई पच्छाएजस्तै शिवम् सिमेन्टको शेयर मूल्यलाई पनि घोराही सिमेन्टको मूल्यले लखेटने लगानीकर्ताहरुले प्रक्षेपण गरेका छन् । लगानीकर्ताहरुले बिभिन्न तर्कहरु प्रस्तुत गर्दै यस्तो प्रक्षेपण गरेका हुन् ।

Read More
  • EBL Ad news