२ साउन, काठमाडौं । युरोपेली मुलुक नर्वेको डाटा सुरक्षण प्राधिकरणले प्रयोगकर्ताका डाटाको सुरक्षा तथा गोपनियता उल्लंघन गरेको आरोपमा फेसबुकको मातृ कम्पनी मेटामाथि भारी जरिवानाको निर्णय गरेको छ ।
प्राइभेसी उल्लंघनको आरोपमा मेटा कम्पनीले हरेक दिन १ लाख डलर जरिवाना तिर्नुपर्ने फैसला प्राधिकरणले गरेको हो ।








