काठमाडौं । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ ।
आज १०१ कम्पनीको शेयर मुल्य बढेको छ भने १०६ कम्पनीको शेयर मुल्य घटेको छ । आज बिपिडब्ली र युनाइटेड अजोडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज दिनभरिमा २५५ कम्पनीको ८६ लाख ७६ हजार ४३८ कित्ता शेयर किनबेच हुदा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज शेयर बजार बढेसँगै स्वावलम्बन लघुवित्त र शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । स्वावलम्बन लघुवित्तको ८७५ रुपैयाँका दरले २१ करोड ७७ लाख रुपैयाँ र शिवम् सिमेन्टको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।






