काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन (साउन १ गते) सेयर बजारमा हरियाली देखिएको छ ।
गत आर्थिक वर्षको अन्तिम कारोबार दिनको तुलनामा सोमबार सेयर बजार मापक नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा पुगेको छ ।
सोमबार नेप्सेमा कुल २५७ कम्पनीको ७६ लाख ३४ हजार १ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । सोमबार यस कम्पनीको १४ करोड ८६ लाख १९ हजार ४ सय ५५ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।






