काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७९/८० मा ४२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ५० प्रतिशत बढी हो । आर्थिक वर्ष २०७८/७९ मा २८ कम्पनीले मात्रै आईपीओ निष्कासन गर्न अनुमति पाएका थिए ।
गत आर्थिक वर्षमा आईपीओ निष्कासन गर्न अनुमति पाएका कम्पनीहरूमध्ये अधिकांशले आईपीओ निष्कासन गरिसकेका छन् । एक वर्षमा आईपीओ निष्कासन गर्न स्वीकृति पाएका कम्पनीहरूमध्ये अधिकांश जलविद्युत कम्पनीहरू छन् ।






