त्रैमास र आर्थिक वर्षको अन्तिम कारोबार दिनमा म्युचुअल फन्ड र डिबेन्चरको किन उच्च मूल्यमा हुन्छ कारोबार ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
त्रैमास र आर्थिक वर्षको अन्तिम कारोबार दिनमा म्युचुअल फन्ड र डिबेन्चरको किन उच्च मूल्यमा हुन्छ कारोबार ?

असार ३१ गतेको कारोबारमा धेरै बढ्ने टप १० कम्पनीहरुमा म्युचुअल फन्ड र डिबेन्चरकै बाहुल्यता छ । उच्च मूल्य बढ्ने १० कम्पनीहरुमा ७ वटा म्युचुअल फन्ड रहेका छन् भने दुई वटा डिबेन्चर र एउटा लघुवित्त कम्पनी परेका छन् ।

साे दिन सनराइज फोकस इक्वीटी फन्ड (एसएफइएफ) १० प्रतिशतले बढेर ९.६८ रुपैयाँमा कारोबार भयो भने एनआइबीएल ग्रोथ फन्ड (एनआईबीएलजीएफ) ९.९२ प्रतिशत, सानिमा ग्रोथ फन्ड (एसएजीएफ) ९.९० प्रतिशतले बढेर ९.९९ रुपैयाँमा कारोबार भयो ।

त्यस्तै, सिटिजन्स म्यु्ुचुअल फन्ड –२ (सीएमएफ–२) ९.८३ प्रतिशतले बढेर १०.३९ रुपैयाँमा कारोबार भयो भने कुमारी इक्वीटी फन्ड (केइएफ) ८.५४ प्रतिशतले बढेर १०.१७ रुपैयाँमा कारोबार भयो । प्रभु स्मार्ट फन्ड (पीआरएसएफ) २० प्रतिशतले बढेर ९.९० रुपैयाँ र एनआइसी एशिया फ्लेक्सी क्याप फन्ड ७.९६ प्रतिशतले बढेर १०.१७ रुपैयाँमा कारोबार भयो ।

आइतबारको कारोबारमा सबैभन्दा धेरै प्रतिशतले बढेको सनराइज फोकस्ड इक्विटी फन्डको ८ हजार ३ सय २५ इकाईको मात्र कारोबार भएको थियो भने एनआईबीएल ग्रोथ फन्डको ९ हजार इकाइको कारोबार भयो । सानिमा ग्रोथ फन्डको १४ हजार ३ सय ७० इकाईको कारोबार भयो । त्यस्तै एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको जम्मा १२ सय १० इकाइको मात्रै कारोबार भयो ।

म्युचुअल फन्ड र डिबेन्चर नेपालको पूँजी बजारमा कम भोलाटाइल उपकरण मानिन्छ । ‘थोरै कित्ताको कारोबार गरेर उच्च मूल्यमा म्युचुअल फन्डको मूल्य कायम गरिनु मिलोमतोमा गरिएको कारोबार हो’, नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले भने ।

प्रति इकाई १० रुपैयाँ पर्ने म्युचुअल फन्डको केही हजार इकाईको कारोबार गरेर १० प्रतिशतको हाराहारीमा मूल्य बढाउन खोजिएको प्रष्ट देखिन्छ । उच्च मूल्य बढेका ७ म्युचुअल फन्डमध्ये सिटिजन्स म्युचुअल फन्ड, कुमारी इक्वीटी फन्ड र प्रभु स्मार्ट फन्डको मात्रै १ लाख भन्दा धेरै इकाईको कारोबार भएको छ ।

Read More
  • EBL Ad news