अनलाइनबाट कम्पनी दर्ता र खारेज आजदेखि कार्यान्वयनमा आउने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अनलाइनबाट कम्पनी दर्ता र खारेज आजदेखि कार्यान्वयनमा आउने

काठमाडौं । नेपाल सरकारको आर्थिक २०८०/८१ को बजेट वक्तव्यमा घोषणा गरेको अनलाइनबाट कम्पनी दर्ता र खारेज आजदेखि कार्यान्वयनमा आउने भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले अनलाइनबाट नयाँ कम्पनी दर्ता र खारेजी प्रक्रिया अघि बढाएको हो । 

अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरूको विवरण अद्यावधिक गर्न रजिस्ट्रार कार्यालयले सूचनाका साथ निर्देशन पनि जारी गरेको छ। कम्पनी कार्यालयकाअनुसार हालसम्म करिब तीन लाख सात हजार ७९७ कम्पनी दर्ता भएका छन्।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, 'नीति कार्यान्वयनको लागि यस कार्यालयले निकट भविष्यमा कम्पनी दर्ता, कम्पनी प्रशासन एवं खारेजी सम्बन्धी सेवा लिनको लागि हुलाक सेवा प्रदायकसंगको सहकार्यमा सेवाग्राही कम्पनीको संचालक वा प्रतिनिधि यस कार्यालयमा भौतिक रुपमा उपस्थित हुनु नपर्ने छ ।' 

Read More
  • MBL - below news