नेपाल एसबिआईका ग्राहकलाई भारतको जेपी हस्पिटलमा छूट


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल एसबिआईका ग्राहकलाई भारतको जेपी हस्पिटलमा छूट

काठमाडौं  । नेपाल एसबिआई बैंक लिमिटेड र जेपी हस्पिटल नोयडा, भारतबीच बैंकका भिसा डेबिट कार्ड प्रयोगकर्तालाई लक्षित गरी हस्पिटलमा सम्पूर्ण स्वास्थ्य परीक्षण, ओपीडी सेवा, आईपीडी सेवामा छूट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र जेपी हस्पिटलका प्रतिनिधि अभिषेक स्वारले हस्ताक्षर गरेका छन् । हस्ताक्षरका अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त तथा अन्य वरिष्ठ अधिकारीको उपस्थिति थियो । बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२८ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।

Read More
  • EBL