कुथेली बुखरीको आइपीओमा मागभन्दा ११७.५४ गुणा बढी आवेदन, कति जनाले पाउने भए सेयर ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कुथेली बुखरीको आइपीओमा मागभन्दा ११७.५४ गुणा बढी आवेदन, कति जनाले पाउने भए सेयर ?

काठमाडौं : कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा १ अर्ब १८ करोड ९० लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज अन्तिम दिन (असार २९ गते) साँझ ५ः०५ बजेसम्ममा ११ लाख ८ हजार २३२ जनाले १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ११७.५४ गुणा बढी आवेदन हो । 

यता, कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । गोलाप्रथाबाट बाँडफाँट गर्ने क्रममा १० हजार ११५ जनाले १० कित्ताका दरले आइपीओ हात पार्नेछन् । बाँकी १० लाख ९८ हजार ११७ जनाको भने हात खाली हुनेछ । कम्पनीले असार २६ गतेदेखि १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन खुला गरेको हो । 

Read More
  • EBL Ad news